१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सीपीएल : सन्दीपले लिए दुई विकेट

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०७७, आईतवार ०३:४८

काठमाडौं । क्यारेबिन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेका छन् । गएराति गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले जमैकाबाट किफायती बलिङ गर्दै दुई विकेट लिएका हुन् । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिए ।

उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पेबेलियन फर्काए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे । सन्दीपले पहिलो र दोस्रो खेलमा पनि एक–एक विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका तलावाजले लगातार दोस्रो हार बेहोरेको छ । जमैका गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको हो ।

गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रनमा समेटिएको हो । कोरोना महामारीका कारण सीपीएलका खेल बन्द रंगशालामा सञ्चालन भइरहेको छ । सन्दीपल लगातार तेस्रो सिजन सीपीएलमा सहभागिता जनाएका हुन् ।