६ चैत्र २०८०, मंगलवार
Follow Us

श्रीमानसँग एनआरएन यूकेको अन्तरकृया (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार ०८:०८

लन्डन । बेलायती न्यायप्रणाली अवलोकन भ्रमणमा आएको नेपालका वरिष्ठ न्यायधीशहरुको टोलीले यहाँ विभिन्न भेटघाट गरेको छ ।

सर्वोच्च अदालतका न्यायधीश ओमप्रकाश मिश्रको नेतृत्वमा आएको टोलीले बेलायती सर्वोच्च अदालतका अध्यक्ष लर्ड न्यू बर्गर, चिफ एक्जुकेटिभ मार्क ओर्मेरड, रजिष्ट्रार लुइस डि माम्ब्रो लगायतसँग भेटेको हो । भेटमा नेपालको न्यायपालिका स्वतन्त्रता र न्याय प्रणालीको उच्च प्रशंसा भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिष्ट्रार नकुल सुवेदीले दाबी गरे ।

भेटघाटमा बेलायतले अवलम्बन गरेको न्यायप्रणालीको सुधार कार्यक्रम र अनुभवसमेत आदानप्रदान भएको थियो । ‘बेलायतको न्यायिक सुधार प्रक्रिया कसरी भयो भन्नेबारे अनुभव आदानप्रदान भयो’, प्रवक्ता सुवेदीले कान्तिपुरसँग भने, ‘बेलायत र नेपालबीच न्यायिक सम्बन्ध अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।’

अमेरिकी न्यायप्रणाली बुझेर बेलायत आइपुगेको टोली लन्डनमा तीन दिन बसेको थियो । न्यायधीशहरुको समूहले बुधबार फ्रान्स र जर्मनी जानुअघि मंगलबार साँझ बेलायतस्थित नेपाली डायस्पोरासँग अन्तक्र्रिया गरेको छ । गैरआवासीय नेपाली संघ, बेलायतले लन्डनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश ओमप्रकाश मिश्रले नेपालको न्यायपालिकामा विभिन्न सुधार भइरहेको बताए । भ्रष्टाचार, ढिलासुस्ती र कुनै दलगत पूर्वाग्रहबाट न्यायलय कदापी निर्देशित नहुने मिश्रको दाबी थियो । ‘हामीले संसद र राजसंस्थाविरुद्ध पनि फैसला गरेकै हो’, उनले भने ।

गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिष्ट्रार सुवेदी, दिपायल उच्च अदालतका मुख्य न्यायधीश प्रकाशकुमार ढुंगाना, रुपन्देही जिल्ला अदालतका न्यायधीश रमेशप्रसाद रिजाल, राजदूत डा. दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल लयर्स एशोसिएसनका अध्यक्ष सोलिसिटर राजु थापा, गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रमका सहभागीले नेपालको न्यायपालिका राजनीतिक प्रभावबाट अछुतो रहन नसकेको, भ्रष्टाचार र ढिलासुस्ती हुनेजस्ता गुनासा सुनाएका थिए । प्रवक्ता सुवेदीले माथिका आरोप अस्वीकार गर्दै न्यायपालिकामा क्रमश: सुधार भइरहेको जनाउँदै एउटा मुद्दा फैसलामा दुई वर्षभन्दा बढी समय नलाग्ने बताए ।

15578914_1747253235595389_7859523682331488054_n

15542249_1747251388928907_4935261809879850839_n

फोटो – शिव भण्डारी