१५ बैशाख २०८१, शनिबार
Follow Us

मध्यपूर्वमा लोकप्रिय बन्दै सगुन

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७७, आईतवार १५:४८

लन्डन । इजराइलमा कार्यरत प्रतिक कुँवरको बिहानी सगुनबाटै सुरु हुन्छ । नेपालीको लगानीमा अमेरिकाबाट सञ्चालित सामाजिक सञ्जालको रुपमा विश्वव्यापी बन्दै गएको सगुन अहिले युवाहरु माझ लोकप्रिय सञ्जालका रुपमा जरा गाड्दैछ । बुटवलका कुँवर सगुनका प्रयोगकर्ता मात्र होइन्, लगानीकर्तासमेत हुन् ।
सन् २०१७ मा सगुनको समाचार सामाजिक सञ्जालमा देखेपछि आफै सोधखोज गर्दै उनी लगानीकर्ता बनेका थिए ।विदेशमा नेपालीको लगानीमा सञ्चालन भएको व्यवसाय राम्रै होला भनेर स्वेच्छाले लगानी गरेका कुवँर भन्छन्, ‘पहिलो पटक सानो लगानीको बिउ रोपेको थिएँ, राम्रो हुने देखेर दोस्रो पटक थप लगानी गरेको छु ।’ क्यालेन्डर, शीर्षक अनुरुपको पोस्टिंग, मुडटक, प्रयोगकर्ताद्वारा पोष्ट गरिएका फिचरमा सगुनको लोगो आफै बनेर आउने जस्ता फिचरलाई कुँवरले मन पराएका छन् ।

सगुनका लागि युरोप संयोजक युवराज सेढाइँका अनुसार विश्वभर प्रभाव जमाउँदै अघि बढेको सगुनले पछिल्ला दिनमा मध्यपूर्वका देशमा समेत प्रयोगकर्ता र लगानीकर्ताका बीच प्रभाव जमाएको छ । मध्यपूर्व मा तीन सयभन्दा बढी लगानीकर्ता छन् । इजराइल, कुवेत इराक, ब्रुनाई, अफगानिस्तान, कम्वोडिया, साउदी अरब, युएई, कतारलगायतका देशमा सगुनले आफ्नो सञ्जाल फैलाएको छ । नेपालीले नेतृत्व गरेको कम्पनीलाई अमेरिकन स्टक एक्सचेन्ज मा पुर्याउँछु भन्ने सपना,जोस र जाँगरलाई यस्तो राम्रो सहयोग आएको देखेर म अत्यन्त खुसी छु भन्छन् सेडाई ।

सगुनले सर्वसाधारणलाई समेत साझेदार बनाउने उद्देश्यले दोस्रो पटक पनि सेयर खुल्ला गरेको हो । पहिलो पटक सगुनले विदेशमा रहेका नेपाली समुदायको लागि खोलेको मिनी आइपीओ लगानीकर्ताको लागि आकर्षण बनेपछि सन् २०२३ मा अमेरिकास्थित स्टक एक्सचेन्जबाट विश्व शेयर बजारमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित सगुनले दोस्रो पटक मिनी आइपीओ सर्वसाधारणको लागि अवसरको रुपमा ल्याएको हो ।

विश्वभरका लागि सगुन संयोजन (Sagoon Global Coordinator) को जिम्मा लिएका सूर्य गुरुङले समेत सगुनको उज्वल भविष्य देखेका छन् । सुरुका दिनमा भन्दा बढी लगानीकर्ताहरुले सगुनप्रति चासो देखाएको गुरुङ बताउँछन् । हाल ८० लाख भन्दा पनि बढी प्रयोगकर्ताहरुले सगुनमा रजिस्टर गरेको गुरुङ बताउँदछन् । सगुनले खुल्ला गरेको दोस्रो आइपीओका लागि लगानीकर्ताहरुसँग छलफल सुरु भइसकेको गुरुङले बताए । उनले नेपाली समुदायको सकृयतामा स्थापित र अमेरिकाको कानुन अनुरुप सञ्चालन भएको सगुनप्रति विश्वास र माया गर्न आम लगानीकर्तालाई आह्वान गरे ।

के हो सगुन, कसरी लगानी गर्ने ?

मिनी आइपीओमा सामाजिक सञ्जालको भीडमा नयाँ सोच र योजनाको सपना बोकेर सन् २०१५ बाट सगुन वेबसाइट भर्सनको रुपमा सञ्चालनमा आएको थियो ।

जस्को पहिलो संस्करण २०१५ अमेरिकामा मनिषा कोइरालाद्वारा गरिएको थियो । हाल सगुनको वेबसाइट भर्सन मेबाइल र दुबै एप्पल र एन्ड्रोइडमा बेटा एप उपलब्ध छ ।

सामाजिक सञ्जाल र इकमर्शको प्लेटफर्मका रुपमा सगुनलाई उभ्याई यसका प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको हिस्सा बाड्ने नयाँ अवधारणा सगुनले बोकिरहेको छ । विगत केही समय देखि परिक्षणका रुपमा सगुनले यो अवधारणालाई प्रयोगमा ल्याइरहेको छ । अहिले सगुनमा दैनिक ५० हजारभन्दा बढी नयाँ प्रयोगकर्ता जोडिदै आएका छन् । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन १ जुन, २०२० देखि दोस्रो चरणको सेयर निस्कासन गरेको छ । यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ । सगुन (Sagoon) को सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय अमेरिकी डलरको) खरिद गर्न सक्नेछन्।

कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो।कंपनीका अनुसार, यस चरणको मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा The US Securities and Exchange Commission (SEC) (https://www.sec.gov/) ले सगुनलाई मिनी आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्न योग्य ठहर गरी अनुमति प्रदान गरेको छ ।

सगुन (Sagoon) ले सन् २०१७ मा यसको पहिलो रेज ए प्लस अन्तर्गत मिनी आइपिओ मार्फत प्रतिकित्ता २३ डलरका दरले शेयर निस्कासन गरेको थियो । त्यतिबेला सगुनमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए । तपाईपनि सगुनको सेयरधनी बन्न चाहनुहुन्छ भने सगुनको शेयर खरीद गर्न www.sagoon.com/invest मा गएर सजिलै गर्न सकिनेछ| सगुनलाई voluntarily सहयोग गर्ने अनेकौँ सहयोगीहरु हुनुहुन्छ ।

यदि तपाईपनि सगुन सँग जोडिन चाहनुहुन्छ र Sagoon लाई सहयोग गर्न चाहनु हुन्छ भने संसारको जुनसुकै कुनामा भएता पनि तपाईले आफ्नो Details [email protected] मा पठाउन सक्नुहुनेछ ।