७ बैशाख २०८१, शुक्रबार
Follow Us

मलेसियाबाट काठमाडौंका लागि ५ चार्टर्ड उडान तय

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७७, मंगलवार ०४:१८

काठमाडौँ। कोरोनाका कारण मलेसियामा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन क्वलालम्पुरबाट ५ वटा चार्टर्ड उडान तय भएका छन् ।

क्वलाम्पुरस्थित नेपाली दूतावासका अनुसार यही २८ र ३० अगस्टमा क्वलाम्पुरबाट काठमाडौंका लागि ५ वटा उडान हुने भएका हुन् ।

दूतावासले सार्वनाजिक गरेको तालिका अनुसार नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र विदेशी कम्पनी मलिन्दो एयरले उडान भर्नेछन् । तालिका अनुसार २८ अगष्टमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक वटा उडान भर्नेछन् । त्यस्तै ३० अगष्टमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मलिन्दो एयरलाइन्सले एक/एक उडान भर्नेछन् ।

यसअघि १९, २० र २१ अगष्टको लागि टकट लिइसकेका यात्रुहरुले ट्राभल्स एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सनिश्चित गर्न दूतावासले आग्रह गरेको छ ।

यसरी स्वदेश फर्कने नेपालीले नेपाल आइपुग्ने दिनसम्मा म्याद रहने गरि कोभिड–१९ को संक्रमण नभएको प्रमाणपत्र साथैमा राख्नुपर्नेछ । पहिले पीसीआर टेस्ट गरिसकेका र नेपाल आइपुग्ने दिनसम्ममा ७ दिनको अवधि काट्ने भएकाहरुलाई पुन: पीसीआर परीक्षण गराउन दूतावासले अनुरोध गरेको छ ।

त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फारम भरी त्यसबाट प्राप्त हुने फाराम प्रिन्ट गरेर आफ्नो साथमा राख्न समेत दूतावासले अनुरोध गरेको छ ।