१२ बैशाख २०८१, बुधबार
Follow Us

गुल्मीको जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७३, बुधबार १२:३८

तम्घास । सरकारले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको भन्दै विरोध स्वरुप गुल्मीवासीले शुरु गरेको आन्दोलन पन्ध्रौं दिन पनि जारी छ । यसैबीच आन्दोलनरत संयुक्त महिला संघर्ष समितिले आज प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र वुझाउन जान खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि दुई पक्षबीच सामान्य झडप भएको छ ।
प्रर्दशनमा उत्रिएका महिलाहरुले जिल्ला प्रशासन कार्यालयमा जबर्जस्ती प्रवेश गरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानालाई ज्ञापन पत्र बुझाएका छन् । महिलाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालको नक्सा, फुलको माला र एक थान कैंची समेत उपहार पठाएका छन् ।
उता, दुई साता भन्दा लामो बन्दका कारण जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । वजार, कलकारखाना र यातायात सेवा समेत ठप्प हुँदा सर्वसाधारणको दैनिकी नै प्रभावित भएको छ ।