१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेस्सीलाई क्लबमा अनुबन्धन गर्ने कुनै संभावना छैन : लिभरपुल

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७७, शनिबार ०५:०२

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट पारेको छ । क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे । उनले अर्जेन्टिनी फरवार्ड प्रिमियर लिगमा आउनु सुखद हुने बताए ।

मेस्सीले बार्सिलोना छोड्ने निर्णय गरेपछि विभिन्न क्लबले उनलाई लैजाने होड चलेको समाचार बाहिरिएको थियो । तर क्लोपले लिभरपुलले मेस्सी अनुबन्धन गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । गत सिजन लिभरपुलको मुख्य प्रतिद्वन्द्वी म्यान्चेष्टर सिटी देखिएको थियो ।

इतिहाद क्लबलाई पछि पार्दै लिभरपुलले प्रिमियर लिगको उपाधि उचालेको थियो । मेस्सी अनुबन्धनका लागि सिटीले पहिलो टिमका बर्नान्डो सिल्भा, रियाद महरेज र ग्याब्रियल जिससलाई साट्न तयार रहेको हल्ला पनि सार्वजनिक भएको छ ।

लिभरपुलले आर्सनलसँग कम्युनिटी सिल्डमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । क्लोपले आफू लिभरपुलको टिमबाट खुसी रहेको बताए ।