September 30, 2020
10:21 PM | 3:06 AM

कम्युनिटी शिल्डको उपाधि आर्सनललाई

  30/08/2020 मा प्रकाशित

लन्डन । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो ।

आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् । लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले एफए कप जितेको थियो ।

प्रतिक्रिया