१३ बैशाख २०८१, बिहीबार
Follow Us

हवाइ उडान र लामो दूरीका यातायात असोज १ गतेदेखि सञ्चालनमा आउने

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७७, सोमबार १२:०५

काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।