७ बैशाख २०८१, शुक्रबार
Follow Us

वीरगंजमा रोबोटले गर्न थाल्यो उपचार

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७७, सोमबार १२:३९

बीरगन्ज । जिल्लामा साउनयता कोरोना संक्रमितको संख्या हवात्तै बढेको छ । नाकासहित सिमा क्षेत्रमा कडा्ई हुन नसक्दा वीरगन्ज यतिबेला कोरोनाको हटस्पट बनेको छ ।

सर्वसाधारणसहित, प्रहरी, उद्योगपति, जनप्रतिनिधि कोरोनाबाट संक्रमित भइसकेका छन् । कोरोना उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरुमै कोरोना संक्रमण धमाधम बढेपछि सिस्टर रोबोटको प्रयोग थालिएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभाव खट्की रहेको बेला गैरसरकारी संस्था सानो पाईलाले जनशक्तिको अभाव खड्किन नदिन नारायणी अस्पताललाई सिस्टर रोबोर्ट हस्तान्तरण गरेको छ ।

सानो पाईलाले राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा निर्माण गरिएको सिस्टर रोबोर्ट नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. संजय ठाकुरलाई उपलब्ध गराएको हो । संस्थाका रणनीति तथा विकास प्रमुख एवं भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले अस्पतालमा भर्नाभएका कोरोना संक्रमितकोलागि सिस्टर रोबोटले नर्सिङ सेवा प्रदान गर्नेबताएका छन् ।

रोबोटले संक्रमितका लागि खाना, पानी, औषधी लगायतको सामाग्री पु-याउने भएपछि स्वास्थ्यकर्मी संक्रमितको शैयासम्म जानु नपर्ने उनको भनाई छ ।

पर्सा जिल्लामा अहिले सम्म १८४ भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मी र कर्मचारी कोरोना संक्रमित भईसकेका छन । संक्रमिटको संख्या झन झन थपिवदै गएपनि चिकित्सक र स्वास्थ्यकर्मी संक्रमिट भएपछि जनशक्ति अभावमा संक्रमितको उपचारमा समेत समस्या आउँन थालेको थियो ।