७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली दूतावास लण्डनको प्रवक्तामा रोशना खनाल

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७७, सोमबार १८:३१

लण्डन । लण्डनस्थित नेपाली दूतावासको प्रवक्तामा रोशन खनाल तोकेएकी छन् । नेपाली दूतावास लण्डनका अनुसार हालै सरुवा भई आएकी उपनियोग प्रमुख र काउन्सेलर रोशन खनाललाई प्रवक्ता (सूचना अधिकारी) को जिम्मेवारी दिइएको हो ।

यसअघि राजदूतावासका तत्कालीन उपनियोग प्रमुख शरदराज आरणले प्रवक्ताको जिम्मेवारी समालेका थिए । आरण हालै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किएका छन् ।

श्रीमति खनाल यस अघि परराष्ट्र मन्त्रालयको उत्तरपूर्व महाशाखामा उपसचिवका रुपमा कार्यरत थिइन् । साथै, उनले नेपाली राजदूतावास, तेल अविवमा द्वितीय सचिवका रुपमा समेत सेवा गरेको दूतावासद्धारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।