६ बैशाख २०८१, बिहीबार
Follow Us

आर्थिक घोटाला छानविन गर्न एनआरएनए युकेद्धारा समिति गठन

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७७, सोमबार १८:५०

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा गत वर्ष भएको आर्थिक घोटालाको छानविन गर्न समिति गठन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष पुनम गुरुङ्गका अनुसार आइतवार सम्पन्न संघको बैठकले गत कार्यकालको आर्थिक प्रतिवेदनमाथि छानविन गर्न एक समिति गठन गठन गरेको हो ।

तीन सदस्यीय समितिमा एलएन पाण्डे, बुद्धि गुरुङ र डा. मुकुन्द बास्तोला छन् ।

सो समितिले ४ साताभित्र छानविन प्रतिवेदन पेश गर्न भनिएको छ ।

बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । बैठकले अब त्रैमासिक रुपमा आर्थिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

संघलाई च्यारिटीमा दर्ता गर्ने सम्बन्धमा उपाध्यक्ष सुनिलबाबु खडकाले संयोजन गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

त्यसैगरि, संघसंस्था प्रतिनिधि बैठक (काउन्सिल बैठक) समन्वय गर्ने जिम्मेवारी उपाध्यक्ष रोजिनाप्रधान राईलाई दिइएको छ ।

साथै बैठकले अल्डरसटमा बन्न लागेको पहिलो गोर्खा भिसीको सालिक स्थापनार्थ सहयोग गर्न उपाध्यक्ष सुनिल खड्कालाई सहयोग संकलन गर्ने जिम्मा दिइएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।

यस्तै गैरआवासीय नेपाली संघ युकेको विधान संशोधन गर्न एक समिति पनि गठन गरेको छ । उक्त समितिमा नारायण कंडेल 
संयोजक र सदस्यहरु सरस्वती केसी, डा. रामकुमार अधिकारी, आइसीसी सदस्यद्धय रामशरण सिम्खडा, दयानिधि सापकोटा, महेश गुरुङ र सदस्य सचिवमा नारायण गाउंले रहेका छन् ।

बैठकले संघका संरक्षक एवं पूर्व अध्यक्ष महेन्द्र कंडेलको संयोजकत्वमा सहित ५ सदस्य अनुशासन समिति समेत गठन गरेका छ ।

बैठकले लेखा समिति समेत गठन गरेको छ सो समितिमा कोषाध्यक्ष तेजेन्द्र रोकामगर, शेरबहादुर सुनार, एलएन घिमिरे, दीपक गुरुङ र शर्मिला हिराचन थकाली रहेका छन्।