८ बैशाख २०८१, शनिबार
Follow Us

यस्तो छ एनआरएनएको आगामी एक महिने योजना

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७७, सोमबार २०:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी एक महिना कार्यक्रम सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघका ५ सेप्टेम्वर देखी ११ अक्टोवरका कार्यक्रम सार्वजनिक गरिएको हो ।
संघका अनुसार ५ र ६ सेप्टेम्बरमा अमेरिका क्षेत्रमा विज्ञ सम्मेलन, १२ र १३ सेप्टेम्बरमा अष्ट्रेलिया क्षेत्रिय विज्ञ सम्मेलन, १८ देखी २० सेप्टेम्वर सम्म स्वास्थ्य सम्मेलन, २६ र २७ सेप्टेम्बर एशिया क्षेत्रिय सम्मेलन तय भएका छन् ।

यस्तै ३ र ४ अक्टोवरमा युरोप क्षेत्रीय विज्ञ सम्मेलन र ९ देखी ११ सम्म विश्वविज्ञ सम्मेलन तथा एनआरएनए डे मनाउने योजना सार्वजनिक गरिएको छ । कोरोना कहरकाबीच संघका सबै बैठकहरु जुम मार्फत तयारी भएको छ ।