१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनको संरचना फेर्ने अध्यक्ष घलेको तयारी

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार २०:०२

काठमाडौं । गैरआवासीय नेपाली संघको अन्तरिक संगठनको संरचना परिवर्तन गर्ने तयारी गरिएको छ । विगत १२ बर्षदेखि केन्द्र, क्षेत्र र राष्ट्रिय समिति रहेको संघको संरचनालाई नयाँ ढंगले अगाडि लैजाने तयारी गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जनाएका छन् ।
बेलायतबाट संचालित एक अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिदैं घलेले उक्त खुलासा गरेका हुन् । घलेले नयाँ भिजनका सहित अगष्ट महिनाको अन्तिमसाता अमेरिकामा हुने क्षेत्रीय सम्मेलनमार्फत सो प्रस्ताव लैजाने तयारी गरिएको जनाएका छन् ।
संघको आन्तरिक संरचनाको बारेमा दुई दिनसम्म क्षेत्रीय सम्मेलन ब्यापक छलफल गरिने बताए । उनले अधिकांश केन्द्रीय समितिका पदाधिकारीहरुको समेत रहने सो सम्मेलनमा संघको संरचना बदल्न अमेरिकास्थित गैरआवासीय नेपालीहरुसँग छलफल गरिने बताए । घले संघलाई प्राइवेट कम्पनीको रुपमा संचालन गरेको आरोप खेपी रहेका बेला संघका पूर्ण संरचना नै परिवर्तन गर्ने दिसामा लागेका हुन् । गैरआवासीय नेपाली संघका क्षेत्रीय सम्मेलन तथा बैठकले संघलाई मार्ग दर्शन दिने उदेश्यले केन्द्र समक्ष सुझाव दिन सक्ने प्रावधान छ ।
क्षेत्रीय बैठक तथा सम्मेलनले गरेका निर्णय भने कानुनी रुपमा बाध्यकारी हुदैनन् । घलेले भूकम्पपछि गैरआवासीय नेपाली संघले बनाउने भनेको आवास भवन निर्माण कार्यमा सरकारी निकायको ढिला सुस्तीका कारण समयमा सम्पन्न गर्न नसकिएको गुनासो गरेका छन् । संघले गोर्खा जिल्लाको बिकट गाँउबाट भूकम्प पीडितका लागि आवासको सुविधाका लागि भवन निमार्णको कार्य सुरु गरेको छ ।
घलेले गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित बालुवाटरमा निमार्णधिन एनआरएन भवनको नक्सा बनाउने काम सकिएको भन्दै सो भवनको जगको काम छिट्टै सुरु हुने जनाएका छन् ।