६ बैशाख २०८१, बिहीबार
Follow Us

लिम्बुवानले गर्‍यो पूर्वका नौं जिल्ला बन्द आब्हान

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार ०४:५४

ताप्लेजुङ । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ । संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले बिहीबार पूर्वी नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् ।

सरकारले संसद्मा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटिएकोमा पार्टीको मुख्य असन्तुष्टि रहेको संघीय लिम्बुवान पार्टी नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यूले बताए ।