७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्दीपले एक विकेट लिएको खेलमा जमैका पराजित

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७७, आईतवार ०४:१९

काठमाडौं । जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिगको सेमिफाइनलमा ट्रिबागो नाइट राइडर्ससँग खेल्ने भएको छ । गएराति जमैका बार्बाडोज ट्रिडेन्ट्ससँग सात विकेटले पराजित भएपछि सेमिफाइनल समिकरण तय भएको हो ।

सुरुमा ब्याटिङ गरेको जमैकाले चार विकेट गुमाएर एक सय एकसठ्ठी रन बनाएको थियो । जवाफमा बार्बाडोजले १८ दशमलब २ ओभरमा ३ विकेटमा १ सय ६५ रन बनायो । बार्राडोज भने प्रतियोगितावाट बाहिरिइसकेको छ । जमैकाको प्रतियोगितामा यो पाँचौ हार हो ।

खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए । बार्बाडोजका कप्तान जसन होल्डरलाई उनले आउट गरेका हुन् । अब जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ । जमैका ९ खेलबाट ७ अंक सहित चौथो स्थानमा रहेको छ ।