१५ चैत्र २०८०, बिहीबार
Follow Us

व्यवस्थापिका संसद बैठक सूचना टाँस गरी स्थगित

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार ०७:५२

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख दलबीच संसद खुलाउने विषयमा सहमतिको प्रयास जारी रहेकाले आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस ४ गते १ बजेसम्मका लागि स्थगित गरिएको हो । संविधान संशोधन प्रस्तावप्रति असन्तुष्टि जनाउँदै केहि समयदेखि एमालेसहितका विपक्षी दलले बैठकमा अबरोध गर्दै आएका छन् । पछिल्लो समय प्रमुख दलबीच संशोधन प्रस्ताव निश्क्रिय बनाएर स्थानीय तहको निर्वाचन अघि बढाउने सहमति भएसँगै आजवाट संसद चल्ने अनुमान गरिएको थियो । प्रमुख दलका सचेतकले सहमति जुट्न बाँकी रहेको भन्दै केही दिन बैठक सार्न आग्रह गरेपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गरेकी हुन् । सरकारले स्थानीय निर्वाचनसम्बन्धी दुईवटा विधेयक मंगलबार संसद् सचिवालयमा दर्ता गराएको थियो । यसअघि प्रतिपक्षी एमालेले निर्वाचनसम्बन्धि कानून बनाउने प्रक्रिया सुरु गरे संसद बैठक सञ्चालन गर्न दिने आशय व्यक्त गरेको थियो । जसअनुसार सरकारले स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७३ र निर्वाचन कसुर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ संसद् सचिवालयमा दर्ता गराएसकेको छ ।