१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना अपडेटः विश्वभर आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७७, मंगलवार ०३:१४

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोना मुक्त भएका छन्।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ। सङ्क्रमितहरु मध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् :

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ ३२ लाख ५० हजार ४२९ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ ३३ लाख १७ हजार २२७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ।

रुस १० लाख २५ हजार ५०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन। यहाँ ८ लाख ४० हजार ९४९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ।

पेरुमा ६ लाख ८९ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ। यहाँ ५ लाख १५ हजार ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ।

कोलम्बिया ६ लाख ६६ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ। यहाँ ४ लाख १८ हजार २२९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकामा ६ लाख ३८ हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ। यहाँ ५ लाख ६३ हजार ८९१ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ। यहाँ ४ लाख ४२ हजार २६८ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ।

स्पेनमा ५ लाख १७ हजार १३३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ४ लाख ७८ हजार ७९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ। यहाँ ३ लाख ३९ हजार १३२ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ८५९ जनाको मृत्यु भएको छ।