१२ बैशाख २०८१, बुधबार
Follow Us

रुसमा कोरोना भ्याक्सिनको उत्पादन शुरु

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७७, मंगलवार ०३:१५

एजेन्सी । रुसमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु भएको छ । पहिलो चरणको उत्पादन शुरु भएको रुसी स्वास्थ्य मन्त्रीले जानकारी गराएको छ ।

रुसी समाचार संस्था तासका अनुसार ‘स्पुतनिक भी’ नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो लट उत्पादन भई प्रयोग गर्ने तयारी भएको छ । गेमिलियाद्वारा विकास गरिएको भ्याक्सिनको आवश्यक गुणस्तर परीक्षण भई सर्वसाधारणमा प्रयोग गर्न पठाइने रुसी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो ।

यसअघि रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले भ्याक्सिन जोखिममा काम गर्ने शिक्षक, चिकित्सकलगायतलाई सर्वप्रथम लगाउन दिइने बताएका थिए । ११ अक्टोबरमा भ्याक्सिन अनुमोदन भई रुस कोरोना भाइरसविरुद्ध भयाक्सिन विकास गरी अनुमोदन गर्ने पहिलो मुलुक बनेको छ ।

यसअघि रुसी भ्याक्सिन अनुमोदन भई सेम्टेम्बर महिनामै प्रयोगमा ल्याइने टुंगो लागिसकेको छ । भ्याक्सिन यसै हप्ता सर्वसाधारणका लागि प्रयोगमा ल्याइने भनिएको छ । भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणको अध्ययन ल्यान्सेट जर्नलमा प्रकाशित भइसकेको छ । तथ्यांकले उक्त भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको छ ।

स्पुतनिक भी नामको भ्याक्सिन साउदी अरेबिया, युएई, ब्राजिल, फिलिपिन्सलगायतका देशहरुमा ४० हजार स्वयंसेवीमाथि परीक्षण भइरहेको छ ।

अहिले विश्वभर एक सय ७५ वटा भ्याक्सिन विकासको चरणमा छन् । जसमध्ये ३३ वटा मानव परीक्षणको क्रममा छ ।