१५ चैत्र २०८०, बिहीबार
Follow Us

सम्पत्ति विवरणमा ठूलो अशं सुन देखिनु बिडम्बना : डा. भट्टराई

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार १२:४७

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेताहरुको सम्पत्ति विवरणमा ठूलो अशं सुन देखिनु बिडम्बना रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटमार्फत उनले यस्तो बताएका हुन् ।
भट्टराईले यस्तो अनुत्पादक धन थुपार्नुभन्दा उद्योगलगायत उत्पादनशील क्षेत्रमा लगानी गरौं भन्दै ट्विट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको छ । भट्टराई प्रधानमन्त्री हुँदा उनले आफ्नो सम्पत्ति विवरणमा करिब ४ लाख नगद र गोरखाको खोप्लाङमा २ रोपनी पाखो जमिन देखाएका थिए ।