October 1, 2020
8:18 PM | 1:03 AM

आर्सनलको सानदार सुरुआत

  13/09/2020 मा प्रकाशित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । खेलमा आर्सनलले सानदार सुरुआत गरेको छ । लिगको पहिलो खेलमा आर्सनलले फुल्हमलाई उसकै मैदानमा ३-० ले पराजित गरेको हो ।

मध्यान्तरसम्म १-० ले अग्रता लिएको आर्सनलले मध्यान्तरपछि दुई गोल थपेको हो । एलेक्जेन्डर लाकाजेट्, गाब्रियल र पिर्रे एम्रिक उबामायेले एक/एक गोल गरे । साविक विजेता लिभरपुलले भने नवप्रवेशी क्लब लिड्स युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

कोरोनाभाइरसको महामारीका कारण प्रभावित भएको गत सिजनको उपाधि लिभरपुलले जित्दा म्यानचेस्टर सिटी दोस्रो, म्यानचेस्टर युनाइटेड तेस्रो, चेल्सी चौथो र लेस्टर सिटी पाँचौं भएको थियो ।

प्रतिक्रिया