१३ बैशाख २०८१, बिहीबार
Follow Us

माओवादी केन्द्रको विदेश विभागमा हेरफेर

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ०२:५४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अन्तराष्ट्रिय विभागको जिम्मेवारी हेरफेर गरिएको छ। अन्तराष्ट्रिय विभागलाई प्रदेशस्तरको मान्यता दिएको माओवादी केन्द्रले ६ क्षेत्रमा कार्यविभाजन गरेको छ। कुटनीतिक पहल बढाउन र विदेशका भाइचारा पार्टीसँगको सम्बन्ध, अनुभव तथा विचार आदान प्रदानको कामलाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर गरिएको सो पार्टीले जनाएको छ ।

पार्टी नेता नारायणकाजी श्रेष्ठ प्रमुख रहेको अन्तर्राष्ट्रिय विभागको सचिवमा पोलिटव्यूरो सदस्य युवराज चौलागाईलाई पुन चयन गरिएको छ ।रामबहादुर थापा बादल नेतृत्वको समूह माओवादी केन्द्रमा सहभागी हुनुअघि पनि चौलागाई सोही पदमा थिए। चौलागाइका अनुसार भारत उपमहाशाखको इन्चार्जको जिम्मेवारीमा टेकबहादुर पाठक क्षेत्री र संयोजकमा ईश्वरी भण्डारीलाई दिइएको छ। खाडी उपमहाशाखाको इन्चार्जमा लक्ष्मण पन्त, सहइन्चार्जमा देवशरण यादव र संयोजकमा शनिकुमार ओली रहेका छ ।

पूर्वीएशिया इञ्चार्जमा चौलागाई, संयोजकमा भुपालमान श्रेष्ठ, युरोप संयोजकमा सुरेन्द्र भुसाल, अमेरिकाको इञ्चार्जमा चौलागाईलाई जिम्मेवारी दिइएको छ । चीन तथा पूर्वी एशिया, भारत तथा दक्षिण एशिया मामिला, संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीय संगठन मामिला, पश्चिम एशिया मामिला, युरोप तथ अमेरिकी मामिलाको अध्ययन तथा समन्वय गर्ने शाखा बनाएर विभागका सदस्यहरुलाई जिम्मेवादी दिइएको चौलागाईले बताए ।
अन्नपूर्ण पोस्टबाट