१३ बैशाख २०८१, बिहीबार
Follow Us

देउवाले बिर्से आफ्नै पार्टीको विधान

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ०२:५९

काठमाडौं । आन्तरिक विवादका कारण नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन्।पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। यस्तै ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ ।
साथै देउवाले ४२ वटा विभाग गठन गर्नल बाँकी छ । सभापति देउवाले यी काम दुई महिनाभित्रै गरिसक्नुपर्ने थियो। तर यतिन्जेलसम्म देउवाले आफ्नै पार्टीको विधान विर्सिएको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ ।
नेपाल समाचारपत्रबाट