१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आईपीएल खेल्न सन्दीप यूएईमा

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७७, मंगलवार ०८:३९

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने यूएई पुगेका छन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्‍वान्टी खेल्न सोमबार राति नै यूएई पुगेका हुन् ।

भर्खरै मात्र वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप यूएई पुगेका हुन् । सीपीएलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन थियो। कुल ११ खेल खेलेका सन्दीपले १२ विकेट लिएका थिए । सन्दीप यूएई पुगेर सेल्फ क्‍वारेन्टिनमा बसेका छन् ।

यूएईमा आयोजना गर्न लागिएको यो सिजनको आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदै छ । खेलको सुरुवातमा सन्दीपको टिम दिल्लीले पहिलो खेल किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ । किङ्स इलाभेन र पन्जाबले पहिलो खेल सेटेम्बर २० मा खेल्नेछन् ।