११ बैशाख २०८१, मंगलवार
Follow Us

सिरहा जेलमा एकै दिनमा १४८ कैदीबन्दीमा सङ्क्रमण

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७७, मंगलवार १३:३२

लहान । सुरुमै सावधानी नअपनाउँदा सिरहा कारागार कोरोना संक्रमणको ‘हटस्पट’ को रुपमा देखिएको छ ।सिरहा जिल्ला अदालतसहित विभिन्न स्थानबाट पठाइएका सिरहा कारागारका दुई आश्रितसहित ५९७ कैदीवन्दी सबैको स्वाब परीक्षण भएको थियो । स्वाब परीक्षण भएकोमध्ये मड्लबारसम्म ३४६ जनामध्ये २४८ जनामा कोरोना पुष्टि भइसकेको छ । तीमध्ये मड्लबार मात्रै १४८ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

उक्त कारागारमा पुरुष १३५ र महिला १५ गरी १५० जनाको क्षमता भए पनि झण्डै छ सय जनाको हाराहारीमा कैदीवन्दी भएकोमा कारागारका कैदीवन्दी कोचिएर रहनुपर्ने अवस्था छ । कारागार प्रमुख बबिता महतोको अनुसार, संक्रमण देखिएकालाई कारागारको छतमाथि बनाइएको टिनको ट्रष्टमा छुट्टै राख्ने व्यवस्था गरिएको छ ।

संक्रमणको सुरुवात गत साउन २५ गते नकबजनी चोरीमा थुनुवामा पठाइएको लहान नगरपालिका–१३ का एक जना र ज्यान मार्ने उद्योगमा भगवानपुर गाउँपालिका–२ का एक जना, गत साउन २६ गते नकबजनी चोरीका लहान नगरपालिका–८ का एक जना र धनगढीमाई नगरपालिका–१२ का एक जना गरी चार जनामा कोरोना संक्रमण देखिएको थियो ।