१२ बैशाख २०८१, बुधबार
Follow Us

जनसम्पर्क समिति साइप्रसकी महामन्त्रीको बर्खास्ती पुर्वाग्रहि

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७७, मंगलवार १९:५४

लण्डन । नेपाली जनसम्पर्क समिति साइप्रसमा विवाद चुलिएको छ । समितिकी महामन्त्री सरस्वती तिमल्सिना खनाललाई अर्को समूहले विधान विपरित बर्खास्त गरे पछि विवाद उत्पन्न भएको हो । अवैध रुपमा हटाइएकी खनालले मंगलवार एक विज्ञप्ति जारी गर्दै उनी माथि गरिएको कारवाही नाटक सतप्रतिशत पुर्वाग्रहि, किर्ते, अबैध भएको जनाएकी छन् ।

खनालद्धारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ

आदरणीय लोकतन्त्र प्रेमी सम्पूर्ण महानुभावहरु
जय नेपाल ।
केही दिन देखि सामाजिक सञ्जालमा केही व्यक्तिहरुले मेरो व्यक्तिगत मानमर्दन हुने गरि फैलाएका हल्ला तथा अपवाहहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म जनसम्पर्क सम्पर्क समिति साइप्रसको स्थापनाकाल हुदै तदर्थ समितिको महामन्त्रीको कार्यभार सम्हाल्दै ११ अगस्ट २०१९ को प्रथम अधिवेशनबाट निर्वाचित महामन्त्री पदमा छु। सोहि अनुसार आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध हुदै अगाडि बढि रहेको छु।कुनै पदमा आसिन भएपछि जिम्मेवारी कसरी निर्वाह गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।संगठन भित्र भएका केही छलफल तथा बहसहरु पचाउन नसक्ने,संगठनको नीति,विधि र प्रणालीहरु नमान्ने केही ब्यक्तिहरु विगत देखि नै म सँग अत्तालिएर कताजाम के गरमको अवस्थामा थिए।कहिले संगठनका आन्तरिक कुरा म सँग जोडेर आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टबाट सार्वजनिक गरेर त कहिले सल्लाह सुझाव दिने कार्य समिति सदस्य,कृयाशिल सदस्य तथा काँग्रेसमा आस्थावान साथीहरूलाई सामाजिक संजाल ब्लक गर्दै साथै कार्यसमिति तथा कृयाशिल सदस्यहरुलाई सामाजिक संजाल ग्रुपबाट लिभ गरेर र जोड्दै नजोडेर अपरिपक्व तथा हतास मानसिकताको देखाएका थिए।संस्थाको १०१ कृयाशिल सदस्यबाट अधिवेशन गरिएको हाम्रो संस्थामा ४० र ४५ जना मात्रलाई ग्रुपमा समावेश गरेर बाँकीलाई संस्थाबाट हटाउदै जनसम्पर्क समिति साइप्रसलाई आफ्नो पेवा दाइजो सम्झेर सामुहिक भावनालाई बन्धक बनाएर निरङकुश शैली अपनाउदै आइरहेको अवस्था थियोे।

म महामन्त्रीको हैसियतमा रहिरहेको अवस्थामा बैधानिक रुपमा संस्थाको सचिवालय सम्बन्धि सम्पुर्ण अफिसियल कागजात मसंग हुनु नौलो कुरा होईन।संस्थाको जिम्वेवार ब्यक्तिले नै संस्थाको सामग्रीहरु प्रयोग गर्ने हो।लेटर प्याड,संस्थाका छाप कहाँ कसले राख्नुपर्छरुबैठकको माइन्युट उठाउने जिम्मेवारी कसको हो ? महामन्त्री हुदा हुँदै आफू अनुकुल निर्णय गराउन सहज होस भनेर उपसभापतिलाई माइन्युट उठाउन लगाउने तपाईहरुको शैली कुन बिधि, पद्धतिसँग मेल खान्छ ? यस्तो अवस्थामा तपाईंहरुको नैतिकता र अनुशासन आकर्षित हुन्छ कि हुदैन? त्यसकै फलस्वरूप उनै ब्यक्तिहरुले बिधि, बिधान बिपरीत एकलौटी,मनोमानी र मनपरि,नाटकीय ढंगले गत सेप्टेम्बर ७ तारीखका दिनबाट लागु हुनेगरी कही कतै छलफल संवाद नगरीकन हतास मानसिकताले म मात्र नभई जनसम्पर्क समिति प्रति बिश्वास राख्ने तमाम साथिहरुको भावनामा चोट पुर्याउने उद्देश्यले मलाई निलम्बन गरिएको भन्ने खबर प्रवाह गरीयो।

उक्त खबरको घोर भर्त्सना गर्दछु। संस्था कुनै निजि जीवन होईन सबैले सामाजिक भावना बहन गर्न सक्दा मात्र संस्था गतिसिल रहन्छ।कसैको ब्यक्तिगत ईच्छा चाहानाले संस्था चलाउने बस्तु होईन।हरेक मानिसको आफ्नो मान मर्यादा हुन्छ त्यसतर्फ खलल नपुग्ने गरि संस्थाको हितका निमित्त बिदेशि भुमिमा आएर पनि नेपाल नेपाली र लोकतन्त्रप्रेमिहरुको हितका लागी कार्य गरिरहदा एक्कासि कुनै कारणनै नभई बिनाकारण अपराध निलम्बन गरिएको खवरले मेरा शुभचिन्तक,साइप्रसमा बसोबास गर्नुहुने तथा विश्वभर रहनुहुने आदरणीय लोकतन्त्र प्रेमी काँङ्ग्रेस महानुभावहरु प्रति खुल्दुली हुन सक्छ भनेर मैले विज्ञप्ति मार्फत यथार्थ जानकारी गराउन चाहान्छु।उक्त कार्वाहीको नाटक सतप्रतिशत पुर्वाग्रहि,किर्ते,अबैध भएको जानकारी गराउछु।संगठनको नाममा कति किर्ते र अबैध गतिविधि भएको छ भन्ने कुरा जनसम्पर्क समितिको नाममा हस्ताक्षर विनाको ११ सेप्टेम्बरमा जारि विज्ञप्ति हेर्दा आफै पुष्टि हुन्छ।यस्ता अनेक नाटक र अपारदर्शीता कार्यहरु सबै यहाँ समावेश गर्न सुहाउने छैनन्।

उहाँहरुले मलाई यस्तो गर्नुको मुख्य कारण भनेको साइप्रसबाट कम्तीमा नयाँ थप ४ र ५ सय जति क्रियाशील सदस्य बनाऔं काँग्रेसलाई पहिलो पाटी बनाउन संगठन विस्तार गरौ,साइप्रसबाट कम्तीमा ७ जना जति महाधिवेशन प्रतिनिधि जाने वातावरण बनाऔं भनेर जोडदार साथ कुरा उठाइरहेको थिए।उनिहरुलाई मुख्य यहि कुरा चित्त नबुझेर म माथि जाइलागेका हुन।किनभने उनिहरुलाई पार्टी संगठनको विस्तार भन्दा पदमा रहे सम्म गुटबन्दीमा रमाउने मात्रै रहर छ।त्यो भन्दा माथि पाटीको चिन्ता चासो छैन,भएको भए संगठन विस्तार र क्रियाशील सदस्यता म लगायत धेरै साथिहरुले माग गर्दा किन त्यसलाई बेवास्ता गरि मलाई निलम्बनको नाटक गरियो?

म विगत देखि वर्तमान हुदै भविष्य सम्म नेपाली काँग्रेसको विचार,सिद्धान्त र नितिमा अविचलित भएर अगाडि बढि रहेको छु।सँगसँगै मैले मेरो ब्यक्तिगत र संस्थागत तवरले सकेसम्म दुखि,गरिब,असहाय,अशक्त तथा समस्यामा परेकाहरुको लागि आफुले सक्ने जति आर्थिक,नैतिक,सामाजिक सहयोग गरिरहेको कुरा यहाहरुलाई अवगत नै छ।जहाँ सम्म कार्वाहीको कुरा छ उक्त कुरामा कुनै सत्यता र आधिकारिकता नभएको र रातारात अबैधानिक अनुशासन समिति खडा गरि निश्चित ब्यक्तिको बचाउलाई मात्रै बनाएको एउटा ब्यक्ति भएको कुरा सबैलाई स्पष्ट पार्न चाहान्छु।म हिजो पनि महामन्त्री थिए भोलि पनि अर्थात कार्यकाल समाप्त नहुदा सम्म महामन्त्री नै रहने छु।केही व्यक्तिहरुले कथित कार्वाहीको नाममा फैलाएको हल्लाको बिषयमा मैले केन्द्रीय नेतृत्व तथा सम्बन्धित निकायमा उजुरी समेत गरिसकेको छु।यदि कहि कतै बाट यसको सुनुवाइ नभएको खण्डमा मैले कानुनि उपचारमा जाने बाटो पनि छ।संस्था सबैको चौतारी हो सबैले बहस गर्ने ठाउँ हो यहाँ कसैको दम घमण्डको भरमा केही हुने वाला छैन।संस्थाको हितका निमित्त जे गर्न पनि तयार रहन्छु।

मलाई लगाएका हास्यास्पद आरोपहरुले निजहरूलाई नै नराम्रो सँग गिज्याइरहेका छन।किन भने संस्थाको गरिमालाई उच्च राखौ,संगठन विस्तार गरौं, र आसन्न १४ औं महाधिवेशनलाई हामीले भरपुर साथ दियौं,बिश्व भरीका जनसम्पर्क समितीले संचालन गरेको जुमको सुबिधा हामीले पनि संचालन गरि केन्द्रिय नेतागणहरु सङ्ग राजनीति छलफल गरौं,प्रशिक्षित हौं,सबै मिलेर जाऔ,सबैले आआफ्नो पदको जिम्मेवारी बहन गर्न पाउ,आर्थिक हिसाब पारदर्शि राखौ,संस्थालाई बदनाम हुनबाट बचाऔ भनेर निति,बिधिका कुरा उठाउने म नै हो र ती मुद्दा मेरा थिए तर आज अत्तालिएका केही ब्यक्तिहरुले उल्टो उनै बुदाहरु आफुले उठाएका मुद्दा ठानेर म तिर तेर्साउदा कस्तो कत्ति पनि लज्जा बोध भएनरुजिवनभर अरुकै क्षमतामा अडेस लगाएर राजनीति गर्न खोज्ने,अरुलाई क्षमतावान बनेको देख्न नसक्ने,सधैं अरुको खुट्टा तान्ने प्रवृत्ति र पेशा बोकेका त्यस्ता ब्यक्तिहरु समयमै ख्याल गर्नुहोला।म चुनौती दिन्छु सस्था तपाईंहरुको दाइजोमा पाएको उपहार होइन।
निजहरुले फैलाएका भ्रमबाट कति पनि बिश्वास नगरी दिनुहुन म साइप्रस निवासी आदरणीय न्यायप्रेमी नेपाली समुदाय,लोकतन्त्रमा आस्थावान नेपाली काङ्ग्रेस,देश बिदेशमा रहनुहुने शुभचिन्तक महानुभावहरु,नेपाली संघसंस्था तथा सबै शुभचिन्तक ज्युहरु समक्ष अनुरोध गर्दछु।
जय नेपाल ।

सरस्वती तिमल्सिना खनाल
महामन्त्री
नेपाली जनसम्पर्क समिती साइप्रस