१५ चैत्र २०८०, बिहीबार
Follow Us

काठमाडौंमा ६ म्याग्नेच्युड भूकम्पको झड्का, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७७, बुधबार ००:०२

बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।