१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दावी

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७७, बुधबार ०४:०८

न्यूयोर्क । अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको छ । बैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले पत्ता लगाएको यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको रहेको छ । यो एन्टिबडी ‘एबी एट‘ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा ‘एबी एट’ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको बताएका छन् ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने बैज्ञानिकको भनाइ छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने बताइएको छ ।