१४ बैशाख २०८१, शुक्रबार
Follow Us

औवामियाङले गरे आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७७, बुधबार ०४:१२

लन्डन । इंग्लिस क्लब आर्सनलका फरवार्ड पेरिक एम्रिक औवामियाङले क्लबसँग नयाँ सम्झौता गरेका छन् । गावोनका फरवार्ड औवामियाङले आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै औवामियाङ सन् २०२३ सम्म क्लबमा रहने छन् ।

३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् । औवामियाङको आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी रहेको थियो ।

तर, सम्झौता नसकिदै आर्सनलले औवामियाङसँग नयाँ सम्झौता गरेको हो । सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका उनले सिजनको पहिलो खेलमै गोल गरिसकेका छन् ।

फूलहमसँगको पहिलो खेलमा ३–० को जित निकाल्दा उनले एक गोल गरेका थिए । गत सिजन आर्सनलले एफए कपको उपाधि जित्दा औवामियाङले दुई गोल गरेका थिए ।