७ बैशाख २०८१, शुक्रबार
Follow Us

एसिया कप क्रिकेट : नेपाल भारतसँग छ विकेटले पराजित

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ११:१९

काठमाडौं । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल भारतसँग छ विकेटले पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको भारतले ३३ दशमलव ३ ओभरमा चार विकेट गुमाउदै १७४ रन बनायो ।

भारतका लागि शुभम गिलले ५७ रन, हिमांशु रानाले ५१ तथा प्रियम रागले ३६ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

यसअघि नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६८ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले ३४, ओपनर आसिफ शेखले १८, प्रकाश केसीले १३ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । बलिङतर्फ भारतका राहुल चाहरले पाँच विकेट लिए ।