October 1, 2020
7:10 PM | 11:55 PM

जाजरकोटमा वडासचिवको मृत्यु

  16/09/2020 मा प्रकाशित

नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कवीराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान मृत्यु भएको हो । रुकुम पश्चिम सानीभेरी गाउँपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत हुनुहुन्थो । निरन्तर ज्वरो आउने, श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

प्रतिक्रिया