१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संक्रमितको ग्राफ दैनिक बढ्दो, १५३९ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७७, बुधबार ११:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

उपत्यकामा आज थपिए ७३७ जना
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा मात्रै ६५२ जना संक्रमण देखिएको छ भने ललितपुरका ६० र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् ।