७ बैशाख २०८१, शुक्रबार
Follow Us

तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ११:२३

आठराई । तेह्रथुमको आठराईस्थित संक्रान्ति बजारमा आगलागी भएको छ । विहान करिव साढे एघार बजेतिर सुरु भएको आगलागीबाट बीस वटा भन्दा बढी घर जलेर नष्ट भएका छन् । पानीको अभाव र हावा चलेका कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिएका छन् । स्थानीय अग्नि सेढाइको घरबाट सुरु भएको आगलागी केहीबेरमै फैलिएको हो । संक्रान्ति बजारमा अधिकांश घर काठको भएका कारण आगलागी चाडै फैलिएको हो । यसैबीच, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।