१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७७, बुधबार ११:५७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सचिवालयको बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ। बुधबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले असोज २ गतेका लागि सचिवालय बैठक तय गरेको हो। प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीचको छलफलमा बुधबार महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको हो। बुधबार बालुवाटारमा भएको छलफलले पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक राख्ने सहमति भएको हो। बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्नेछ। यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।