१३ बैशाख २०८१, बिहीबार
Follow Us

काँग्रेस सभापति देउवा कन्ट्रयाक्ट ट्रेसिङमा

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७७, बिहीबार ०४:५५

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

देउवाको निजी सचिवालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

देउवा अहिले आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । देउवाको शुक्रबार स्वाव परीक्षण गरिने उनका सहयोगी भानु देउवाले जानकारी दिए ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।

देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।

लामो समयदेखि संवैधानिक आयोगका रिक्त पदबारे छलफल गर्न आजका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताको बैठक बोलाउने तय भएको थियो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आज बैठक बोलाउने सहमति भएको थियो ।
– खबर कुरा