१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१ कट्ठा जग्गा र ३ तोला सुन पनि मेरो होइन, पार्टीको हो : प्रम दाहाल

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ११:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र सडक अवरुद्ध गर्नुभन्दा संसदीय प्रक्रियाबाट संशोधन प्रस्ताव असफल बनाउन विपक्षीलाई चुनौति दिएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संबिधान संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताए । दलीय सहमतिमा प्रस्ताव परिमार्जन भने गर्न सकिने उनको भनाई थियो ।
प्रधानमन्त्री दाहालले आफुले सार्वजनिक गरेको सम्पत्ति बिवरणका विषयमा उठेका टिप्पणी निराधार रहेको बताए । उनले आफूले सार्वजनिक गरेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि आफ्नो नभएर पार्टीको भएको जिकिर गरे । उनले आफुसंग अरु सम्पती भएको कसैले प्रमाणित गरे राजनीतिबाट सन्यास लिने घोषणासमेत गरे ।
प्रधानमन्त्री दाहालले बैशाखसम्म स्थानीय तहको निर्वाचन गर्नेगरि प्रमुख दलबीच छलफल भैरहेको पनि जानकारी दिए । सुरुमा स्थानीय तह, त्यसपछि प्रदेश र अन्तिममा केन्द्रीय तहको निर्वाचन गर्ने गरि दलहरुबीच छलफल भैरहेको दाहालको भनाइ थियो ।