१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चुनाव गर्ने हो भने मधेशको माग सम्बोधन गर : थापा

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार ११:३८

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । मिडिया नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त गर्न सकिदैन् ।’

अध्यक्ष थापाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दललाई सन्तुष्ट पार्न नसकेको, प्रदेश नं ५ का जनता आन्दोलित भएको र केही राजनीतिक दलले निरन्तर संसद् अवरुद्ध पारिरहेकाले नयाँ समझदारीका साथ विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिदैं विधेयकलाई संसद्मा पेस गर्र्न नदिई संसद् अवरुद्ध गर्नु प्रजाताािन्त्रक मूल्य र मान्यताले उपयुक्त नभएको बताउनुभयो ।

राप्रपा सत्तारुढ दल भए पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आगामी दिनमा गर्ने व्यवहार, गुण र दोषका आधारमा काम गर्ने धारणा राख्नुभयो ।

राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले अन्य मुलुकमा झै अङ्गिकृत नागरिकता लिएका व्यक्तिलाई केही वर्षको अन्तरालपछि मात्रै अरु नागरिकसरह मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।