October 26, 2020
12:43 PM | 6:28 PM

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने, गगन थापा विषेश अतिथी

  18/09/2020 मा प्रकाशित

लण्डन। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोåस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ ।

भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने समितिका अध्यक्ष डाः संजिव सापकोटाले बताउनु भयो । 
उद्धघाटन सत्रलाई पूर्वमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, महासचिव डा. हेम राज शर्मा, युएन प्रतिनिधी अमृत बहादुर राई, आइओएम प्रतिनिधी लोरेन लिन्डा, एनआरएनए महिला संयोजक भूमा लिम्बु, युवा संयोजक हिमाल गुरुगं, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह लगायतले सम्वोधन गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली सँघले जनाएको छ ।

शुक्रबारदेखि सम्मेलनमा विश्व नेपाली घोषणा पत्रमाथि छलफल सुरु भएको छ । त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको ‘कोभिड १९’ ले पारेका असर लगायत विषयमा चरणबद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेका छन् ।

सम्मेलनको अवसरमा विश्वमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुबीच अनुभवको आदानप्रदान, सचेतनाका कार्यक्रम, नेपाली किशोरकिशोरीहरुको अनुभव लगायत विषयमा कार्यक्रमहरु राखिएको छ । त्यस्तै आप्रवासी नेपालीहरुको स्वास्थ्य अबस्था, कोरोनाले मानसिक स्वास्थ्यमा परेको असर, यसबाट बच्ने उपाए लगायत विषयमा छलफल राखिएको छ ।‘

गत वर्षको सेप्टेम्बर २०, २१ र २२ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । समितिका अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैँमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपनि उत्तिकै आबश्यक ठोर दोस्रो सम्मेलन सुरु गरिएको बताउनु भयो ।

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नै दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु गरिएको हो । उक्त सम्मेलनले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्नेछ ।

३ दिनसम्म उक्त घोषणा पत्रमाथि छलफल गरिने । सबैका राय सुझाव समेटेर र आइतबार उक्त घोषणा पत्र जारी गरिने डा। सापकोटाले बताउनु भयो । घोषणा पत्रमा आबश्यक कुराहरु पुन थप गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया