१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एकै परिवारका ३ जनालाई सर्पले डस्यो

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७७, शनिबार ०५:३५

चितवन । चितवनमा एकै परिवारका ३ जनालाई सर्पले डस्दा एक जना बालकको मृत्यु भएको छ । भरतपुर महानगर वडा नम्बर १९ शरदानगरमा आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति ३ जनालाइ सर्पले डसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ वर्षका रायन रामदाम रहेका छन् । सर्पले टोक्दा ५६ वर्षकी केशरी बिक र २६ वर्षकी रुबी सुनार गम्भीर बिरामी छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।