१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ललितपुरका दुईवटा अस्पतालमा ४ संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७७, शनिबार ०८:२३

काठमाडौं । ललितपुरका दुईवटा अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल र मेघा अस्पतालमा दुई–दुईजनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पालमा उपचाररत तीन र मेघा अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको हो ।

पाटन अस्पतालमा हरिवन सर्लाहीका साठी वर्षीय पुरुष, ललितपुर सातदोवाटोकी ७६ वर्षीया संक्रमित महिला र मंगलबजारकी ६८ वर्षीया महिलाको मृत्यु् भएको हो । त्यस्तै मेघा अस्पतालमा उपचारत ९० वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने महिला भक्तपुर नगरपालिका–४ कि रहेकी छिन् ।