७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल क्वारेन्टाइनमा

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७७, शनिबार १०:१५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले होम क्वारेन्टाइनमा बसेका छन् । शनिबार बिहान मात्र उनकी ठूली दिदीलाई कारोना पोजेटिभको नतिजा आएकाले मन्त्री ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परेको उनका निजी सहयोगी खेम कार्कीले जानकारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शनिबार आयोजना गरेको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा मन्त्री ढकाल मुख्य अतिथि थिए ।तर, मन्त्री ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी निजी सहयोगी कार्कीले आयोजकलाई उपलब्ध गराएका छन् ।