११ बैशाख २०८१, मंगलवार
Follow Us

संविधान दिवसः राजदूतद्वय सुप्रबल जनसेवा श्री पदकद्धारा सम्मानित

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७७, शनिबार ११:१४

लण्डन । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सरकारले ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने भएको हो। विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा। सन्दुक रुइतलाई सम्मान गरिँदै छ। त्यस्तै अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई पनि प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) बाट सम्मानि गरिने भएको छ।

यस्तै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र बेल्जियमका लागि राजदूत लोक बहादुर थापा प्रसिद्ध प्रबल जनसेवा श्री (तृतीय) द्धारा सम्मानित भएका छन् । वेलायतमा सकृय युवा व्यवसायी रविजंग लामिछाने समेत सुप्रवल जनसेवाश्री पदकद्धारा सम्मानित भएका छन् ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु(याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेहरुको सूचीमा राखेको छ।