१३ बैशाख २०८१, बिहीबार
Follow Us

महँगी ४ दशमलब ८ प्रतिशतले वृद्धि

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार १३:४५

दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै जाँदा महंगी जम्मा ४ दशमलव ८ प्रतिशतले मात्रै बढेको तथ्यांक सार्वजानिक भएको छ । राष्ट्र बैंकले शुक्रबार अर्थतन्त्रको समीक्षा गर्दै चालू आर्थिक बर्षको ४ महिना अर्थात कात्तिक महिनामा ४ दशमलव ८ प्रतिशतले मात्रै महंगी बढेको सार्बजनिक गरेको हो ।
गत वर्षको यस अवधिमा १० दशमलव ४ प्रतिशतले महंगी बढेको थियो । गत वर्षको नाकाबन्दीका कारण उपभोग्य वस्तुहरुको मुल्य अत्यधिक बढेको थियो । जस्को तुलनामा यो बर्ष महंगी घटेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा गैरखाद्य दुबै समुहको महंगी घटेको हो ।
कात्तिक महिनामा खाद्य समूहको महंगी २ दशमलव ६ प्रतिशतले बढको छ । जबकी गत वर्षको कात्तिक महिनामा खाद्य समूहको महंगी १२ दशमलव १ प्रतिशतले बढेको थियो । यसैगरी राष्ट्र बैंकले पहाड, हिमाल र तराई भन्दा काठमाडौंमा खाद्य तथा पेय पदार्थको मुल्य घटेको तथ्यांक बाहिर ल्याएको छ ।