१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्युबाले चेक गणराज्यलाई भन्यो, ऋणको बद्ला रक्सी लैजाऊ

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार १३:५२

क्युबाले चेक गणराज्यबाट ३३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको छ । यो ऋण रक्सी लिएर असुल गर्न क्युबाले चेक गणराज्यसँग आग्रह गरेको छ । चेकका अर्थमन्त्री यतिबेला क्युवाको राजधानी हवाना भ्रमणमा छन् । उनले भने, ऋण रक्सी लिएर असुल गर्ने सम्भावनाबारे छलफल भएको छ । क्युबाबाट चेकले २ सय ७६ मिलियन डलर उठाउन बाँकी छ ।
ऋण असुली गर्न क्युवाको प्रस्ताव चेक गणराज्य सहमत भयो भने उसका जनतालाई एक शताब्दीसम्म रम पुग्नेछ । यद्यपि चेक गणराज्य सबै ऋण रक्सीमा साट्न सहमत हुनेछैन । उसलाई केही नगद पनि चाहिएको छ । चेकले हवानालाई शित युद्धका बेला ऋण प्रवाह गरेको थियो, त्यसबेला चेकोस्लोभाकियामा कम्युनिष्ट ब्लकको केही हिस्सा बाँकी थियो । यतिबेला क्युबासँग पैसा अभाव छ, त्योभन्दा उससँग रम पर्याप्त छ ।