८ बैशाख २०८१, शनिबार
Follow Us

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७७, आईतवार ०४:५७

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपलिकामै काम गर्ने महिला कर्मचारी बलत्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भजनीको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार जोशीपुर गाउँपालिकाको कार्यालयमा कार्यरत महिला सहकर्मीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको बुझिएको छ । उनले शनिबार नै अधिकृत उपाध्यायविरुद्ध मुद्दा दर्ता गरी उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले जानकारी दिएका छन्।