१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकामा टिकटक प्रतिबन्ध नहुने

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७७, आईतवार ०७:५३

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको भिडियो सम्बन्धी एप्स टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् ।

उनले चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबिचको सम्झौतामा सहमति जनाएका हुन् । सम्झौतालाई ट्रम्पले स्वीकृत गरेसँगै टिकटक अमेरिकामा प्रतिबन्धित नहुने भएको छ ।

बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले आठ करोड भन्दा बढी अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पको भनाइ छ । टिकटकसहितका चिनियाँ एप्लिकेशनहरु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको ट्रम्पले बताउँदै आएका थिए ।

तर टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ । एक दिनअघि अमेरिकामा टिकटक तथा वीच्याटको डाउनलोड प्रतिबन्धित गर्ने घोषणा गरेको थियो ।