७ बैशाख २०८१, शुक्रबार
Follow Us

जापान बस्ने थापाले दाङमा दिए ३० लाखको सोलार

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार १७:१०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ताले पश्चिम दाङको एक विकट गाँउमा ३० लाख रूपैया वरावरको सोलार पावर सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार चिरिन्जीवी थापाले दुर्गम क्षेत्रमा विजुली तथा सिंचाईमा सहयोग पुरयाउने उदेश्यले सो सामाग्री सहयोग गरेका हुन् । शुक्रवार एक समारोहका वीच सो सहयोग सामाग्री नेपाल सरकारका मन्त्री दीपक गिरीले सो क्षेत्रका सर्वसाधारण थारू समुदायलाई हस्तान्तरण गरेका हुन्। थापाले विदेसमा बसेरमा पनि आफ्नो देशको लागि केही गरौं भन्ने भावनाले दुर्गम क्षेत्रमा सोलार पावर दिएको बताए । यो ठूलो सहयोग नभए पनि सहयोगको सुरुवात मात्र हो । हामी देशमा परि आउँदा सधैं सहयोग गर्ने छौं थापाले भने ।

एक समारोहका वीच हस्तान्तरण गरिएको सो सोलार पावरले करिव बीस बिघा जमिनमा सिंचाई गर्न तथा दुईसय परिवारलाई प्रत्यक्ष पुग्ने अपेक्षा गरिएको छ ।
15497669_10211840861080426_1288073058_n

15497939_10211840973763243_926112230_n

15554741_10211840974043250_1282263766_n

15571207_10211841043204979_1412876182_n

15608633_10211841043364983_1475612490_o15608633_10211841043364983_1475612490_o

15571207_10211841043204979_1412876182_n

15554741_10211840974043250_1282263766_n

15497939_10211840973763243_926112230_n