१२ बैशाख २०८१, बुधबार
Follow Us

मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार ०४:४५

मोरङ । मोरङको ग्रामथान ४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका ३ सदस्यको मृत्यु भएको छ । आइतबार पोखरीको माछा हेर्न बसेका २ छोरी र आमाको पानीमा डुबेर मृत्यु भएको हो ।

पोखरीमा डुबेर सोही गाँउपालिकाको पकिया गाँउका ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो ।

माछालाई चारो दिएर छोरीहरु नुहाउने क्रममा डुबेपछि बचाउन गएकी आमाको पनि मृत्यु भएको बताइएको छ ।स्थानीय रुद्र कट्वालको पोखरीमा अधिकारी परिवार माछा हेर्ने काम गर्दै आएका थिए ।