११ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा सचिवालय बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार ०९:२०

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार साढे १२ सम्मका लागि सरेको छ । आइतबार केही समय बसेर सोमबार १ बजे सम्मका लागि स्थिगित भएको बैठक पुन: मंगलबार साढे १२ बजेसम्म स्थिगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी दिए । प्रवक्ता श्रेष्ठले ट्वीटमार्फत भनेका छन हाम्रो पार्टी नेकपाको आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२:३० बजे बालुवाटारमा बस्ने भएको छ ।