१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार १०:५८

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५,२७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, मकवानपुर, चितवन र रुपन्देही रहेका छन् । यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, म्याग्दी, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् ।