१३ बैशाख २०८१, बिहीबार
Follow Us

अब विदेशमा रहेका नेपालीले डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन सक्ने

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार ११:५५

काठमाडौं । विदेशमा काम गरिरहेका नेपालीहरुले अब सम्बन्धित देशमा सञ्चालमा रहेका डिजिटल भुक्तानी प्रणालीमार्फत नै पैसा पठाउन पाउने भएका छन् । केन्द्रीय बैंकले अनुमति लिएर विप्रेषण कारोबार गर्दै आएका बैंक तथा वित्तीय संस्था तथा विप्रेषण प्रदायक कम्पनीहरुलाई डिजिटल माध्यमबाट रकम भित्र्याउन पाउने बाटो खुला गरेको हो ।

नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउनका लागि राष्ट्र बैंकले बाटो खोलिदिएको हो ।

नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सटु्मेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ । यस्ता संस्थाहरु उक्त देशको कानुन बमोजिम दर्ता भई त्यस देशको नियामक निकायबाट आउटवार्ड रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ ।